जगतपुर, चितवन, भाद्र १५, २०८१ः
रत्न काजि प्रजापति
नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघको अध्यक्षमा महेश्वर पोखरेल निर्वाचित भएका छन् । चितवनको जगतपुरमा सम्पन्न संघको तेह्रौ साधारणसभा सभा तथा छैठौ अधिवेशनले पोखरेलको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संघको बरिष्ठ उपाध्यक्षमा रामशरण सिंखडा, प्रथम उपाध्यक्षमा जर्नाधन अधिकारी, द्धितीय उपाध्यक्षमा हरिप्रसाद न्यौपाने, महासचिवमा अमन सुवेदी (तुलसी), सचिवमा राजन कंडेल र कोषाध्यक्षमा पूर्णचन्द्र सुवेदी निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा उद्धव थापा, दिनेशप्रसाद चापागाई, किशोर ढकाल, रामेश्वर केसी, शिव सुवेदी, राजेन्द्र राई, मिलनजंग थापा र करणकुमार गुप्ता (शाह) निर्वाचित हुनुभएको छ।

नेपाल पोल्ट्री महासंघका वरिष्ठ उपाध्यक्ष टिकाराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न संघको साधारणसभाको उद्घाटनशत्रमा संघका संस्थापक अध्यक्ष भूवनलाल जोशी, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, संघका पूर्वअध्यक्षहरु तेजनारायण पाण्डे, कृष्णहरी लोहनी, जयकृष्ण सापकोटा निर्वतमान अध्यक्ष रामकृष्ण अर्याल लगायतले बोल्नु भएको थियो ।
अधिबेशन नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष मनोज रानाभाटको अध्यक्षतामा सम्पन्न भएको थियो।

PC: Shib Baral