प्रधानमन्त्री निवासको ‘पिपल्स लाइब्रेरी’आजदेखि सञ्चालनमा

काठमाडौँ, भदौ १६, २०८१ः

प्रधानमन्त्री निवास, बालुवाटारमा आजदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा सो पुस्तकालय सञ्चालनमा आएको हो। ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आव्हान गर्नुभएको थियो। आव्हानबमोजिम पुस्तक उपहार दिने क्रम जारी रहेको छ।

प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन।

पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिँदै पहिला पहिला ज्ञानको बैँकका रुपमा रहेको पुस्तक रहने भएकाले उल्लेख गर्नुभएको सचिवालयले जानकारी गराएको छ।

पुस्तकालयलाई औपचारिकरुपमा थालनी गर्ने तत्कालीन राजा गृवाणयुद्धविक्रम शाहको स्मरण गर्नुभयो। उहाँले यस पुस्तकालयलाई गहन पुस्तकालय बनाउन पहल गर्ने पनि बताउनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!