काठमाडौं, भाद्र १७, २०८१ः
रत्न काजि प्रजापति
कान्तिपुर फर्मास्युटिकल्स लिमिटेडले साधारण शेयर (आईपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पुजीको १४.८६ प्रतिशत बराबरको करिब ११ करोड मु्ल्य बराबरको १ सय रुपैंया मूल्यको ११ लाख कित्ता साधारण शेयर ्निष्काशन गर्ने भएको हो ।
शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ भने आजै कम्पनी र क्यापिटल्स वीच शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। कान्तिपुर फर्मास्युटिकल्स लिमिटेडको कर्पोरेट कार्यालय, बालकुमारी, ललितपुरमा आयोजित एक कार्यक्रममा कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक श्री नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सन् २०१८ सालमा स्थापना भएको कान्तिपुर फर्मास्युटिकल्स लिमिटेडले औषधी व्यवस्था विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी भेटेरिनरी सम्बन्धीे औषधीहरुकोअनुसन्धान तथा आहारपुरक सप्लिमेन्टहरुको उत्पादन तथा बिक्री वितरण गरीरहेका छन्। कम्पनीले उत्पादन गरी रहेका औषधीहरु विश्व स्वास्थ्य संगठनले सिफरिस गरेको ढाँचामा Good Manufacturing Practices (GMP) तथा FAMIQS (Feed Additives and Pre Mixture Quality System) अनुसार प्रमाणीकरण प्रमाणपत्रहरु प्राप्त गरी नेपाल तथा अन्तर्रास्ट्रिय बजारमा बिक्री बितरण गर्ने लक्ष्य कम्पनिको रहेको छ ।

हाल कम्पनीले औषधी व्यबस्था विभागबाट ६१ वटा औषधी उत्पादन र १३ वटा औषधी बिक्री वितरण प्रमाण पत्र प्राप्त गरिसकेको छ साथै २१ वटा आहारपुरक सप्लिमेन्टस उत्पादन गर्दै आइरहेको छ ।
नेपाल तथा अन्तर्राष्ट्रिय बजारको पशु स्वास्थ्यमा महत्वपुर्ण योगदान पुर्याउने मुख्य उद्देश्यका साथ सञ्चालनमा रहेको यस कम्पनी भेटेरीनरी औषधी उद्योगहरु अन्तर्गत सर्वसाधारणमा शेयर निष्काशन गर्ने यो पहिलो औषधी उद्योग बन्न सफल भएको छ।

PC: Rishee Badal