मन्त्रालयमा असन्तुष्टि जनाउँदै दीपक मनाङेले दिए राजीनामा

पोखरा, भदौ १७, २०८१ः

राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश सरकारमा वनमन्त्रीको पद अस्वीकार गरेका छन्। सोमबार एमालेलाई सरकारमा सहभागी गराउने क्रममा मन्त्रिमण्डल हेरफेर गर्दा मनाङेलाई वन मन्त्रालयको दिइएको थियो। यसअघि भौतिक योजना मन्त्रालयमा रहेका मनाङेले वन मन्त्रालय दिएको प्रति असन्तुष्टि जनाउदै राजीनामा दिएका हुन्।

एमालेलाई सरकारमा सामेल गराउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई वन मन्त्रालयमा पठाएका थिए। तर उनले त्यसमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। मनाङेले सम्हाल्दै आएको भौतिक योजना मन्त्रालय एमालेका प्रकाशबहादुर केसीले पाएका छन्।

यसअघि एमालेले मनाङे र फणीन्द्र देवकोटालाई सरकारमा सामेल गराउन नहुने भन्दै सरकारमा जान आनाकानी गरिरहेको थियो। तर मुख्यमन्त्री पाण्डेले आइतबार दुई मन्त्रालय फुटाएर भागबन्डा मिलाउदै एमालेलाई सरकारमा सामेल गराउने वातावरण मिलाएका थिए।

मुख्यमन्त्री पाण्डेले मनाङे र देवकोटाले आफूलाई सङ्कटमा साथ दिएको भन्दै कांग्रेसको कोटाको मन्त्री दिएर सरकारमा निरन्तरता दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!