मध्यपुर थिमि, भाद्र १८, २०८१ः
चन्द्र कपाली
“हाम्रो कला हाम्रो संस्कृती मध्यपुर थिमि हाम्रो सम्पत्ति” भन्ने नारा लाई जिबन्तता दिन पछिल्लो समय सम्पुर्ण नगरबासीले भरपुर मेहनत गरिरहेको हामी देख्न सक्छौ। दशकौ देखि बन्द भएका विभिन्न नाच प्याखहरुले पुनर्जिबित पाउने अवसर पाएको छ भन्ने त्यस्ता नाच प्याख प्रती नया पुस्ताको उत्सुकता अनि स्थानिय सरकारको चासो पनि सरहानिय छदै छ, तर बिडम्बना हाम्रो मध्यपुर थिमि बाट निस्किने हरेक जात्रा पर्व देखि नाच प्याखमा छुट्दै नछुट्ने म्वाहली बाजाको अस्तित्व चाहिँ धरापमा परिरेहेको छ ।

अहोरात्र खति सबै प्याखहरुमा अनवरत रुपमा म्वाहली बजाउदा नाचमा आउने जिबन्तता अनि रौनक जोकोहिले महशुस गर्न सकिन्छ। यहि म्वाहली बाजा बजाउन जान्नेको सख्या निकै न्यून भैसकेको छ भन्ने नया पुस्तामा सिक्ने खासै चासो देखिदैन। परिणामस्वरूप चाडै थिमिमा म्वाहली बाजा एकादेशको कहानि बन्ने छ। सस्कृती सरक्षणका सन्दर्भमा विभिन्न ब्यक्तित्वहरुलाई नियमित सम्मान एब उहाहरुको कार्यलाई उचित मुल्याकन गरिरहदा यस्तो रातोदिन खट्ने समुदायको मेहनतलाई यदाकदा बाहेक खासै उचित सम्मान गरेको पाइदैन भन्ने लोप हुन खोजेको म्वाहली बाजा सरक्षणका लागि पनि स्थानिय निकाय लगायत सरोकारवालाहरुले कुनै ठोस योजनाहरु बनाउन सकिएको छैन।
कपाली समुदायद्वारा बजाइने म्वाहली बाजा प्रति जनमानसमा के धारणा रहि आएको छ भन्ने महङ्गो पारिश्रमिक लिन्छन,समुदाय बाट निस्के पछि सेवा गर्नु पर्छ, जेमा पनि पैसा खोजेर हुन्छ ? आवश्यकता र मागको सिद्धान्तले त यहि भन्छ, माग बढेपछि महङो हुन्छ नै, तर आपसि सम्झदारीमा सयौ बर्ष देखि सस्कृतीलाई बचाउदै आइरहेकै छ, निरन्तररुपमा खटेकै अवस्था छ भन्ने अर्को पक्ष जिबिको पार्जन गर्ने माध्यम नै यहि पेशा भएपछि रातो दिन खटेपछि पारिश्रमिक लिनु अन्यथा होइन। सर्जक प्रतिको सम्मान नै कला सस्कृतिको स्थायित्व हो अत: मध्यपुर थिमिको हरेक कला सस्कृतीमा प्रत्यक्ष सामेल हुने म्वाहली बाजाको सरक्षणको खाटिर सरोकारवालाले बेलैमा चासो देखाउनु नितान्त आवश्यक छ।