काठमाडौँ, ५ फागुन २०७९ ।
नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको २३औ महाधिबेशनबाट केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् । अखिलको अध्यक्षका लागि बडालसहित आरसी लामिछाने, मोती बिक लगायतले उम्मेदवारी दिएका थिए।
त्यसै गरी उपाध्यक्षमा गाेविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, मर्यादा बिष्ट, महासचिबमा नरेश रोकाया, सचिबमा सञ्जिव धिताल, डा.सुजन कडरिया, प्रकाश पाैडेल, दिपेश प्रसाईं, अञ्जना सिवाकोटी, आरति भट्टराई, र विनिता काफ्ले निर्बाचित भएका छन।त्यसैगरी कोषाध्यक्षमा संगम अर्याल निर्बाचित हुनु भएको छ।
१ सय ९९ केन्द्रीय सदस्य र तीनवटा आयोगको पनि आजै नेतृत्व घोषणा हुने अध्यक्ष मण्डलका सदस्य खिमलाल भट्टराईले जानकारी दिए ।
नयाँ नेतृत्वको औपचारिक घोषणा हुन भने बाँकी छ ।