काठमाडौं, ११ कार्तिक २०८१ः
साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको खेलमा पेनाल्टी सुट आउटमा भारत माथि ४–२ को रोमाञ्चक जित निकाल्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो।

दोस्रो हाफको पाँच मिनेटपछि १० जना खेलाडीमा सीमित भएको नेपाली टोलीले विवादका कारण रोकिएको खेलको ७३ मिनेटपछि खेल सुरु भएको एक मिनेटमै भारतलाई गोल फर्काएको थियो।
प्रिती राईको पासमा साबित्रा भण्डारीले नेपालका लागि सुन्दर गोल गरेर खेललाई बराबरीमा पुर्याएकी थिइन्। त्यसअघि भारतले ७२ औँमिनेटमा पहिलो गोल गरेर अग्रता लिएको थियो। राष्ट्रिय महिला टोलीको भारतमाथि साफ च्याम्पियनसिपमा यो लगातार दोस्रो सेमिफाइनल विजय हो।
नेपाली टोली माल्दिभ्सलाई ११–० गोलको भारी अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनलमा पुगेको थियो।
अब साफ महिला च्याम्पियनसिपको उपाधीका लागि नेपालले बंगलादेश संग प्रतिस्पर्धा गर्नेछ।
PC: Kantipur Max