चितवन, २ मंसिर २०८१ः
चितवन नवलपुर दाना वितरक संघको अध्यक्षमा वीरबहादुर गुरुङ निर्बाचित हुनु भएको छ। संघको यहि कार्तिक ३० गते सम्पन्न भएको सातौ साधारणसभा तथा चौथो अधिवेशनवाट गुरुङ अध्यक्षमा निर्वाचित हुनु भएको हो।
संघको बरिष्ठ उपाध्यक्षमा प्रकाश चापागाई, उपाध्यक्षमा नेत्रनारायण आचार्य, युवराज पाठक, महासचिवमा गुरुप्रसाद सुवेदी, सचिवमा सुदर्शन जोशी र कोषाध्यक्षमा हरिशरण श्रेष्ठ निर्वाचित हुनु भएको छ।
त्यसैगरी सदस्यहरुमा इन्द्र क्षेत्री, कुलप्रसाद पाण्डे, माधव पौडेल, युवराज अर्याल, राज बराल, विश्वनाथ महतो, सूर्यमान शाक्य, मानबहादुर श्रेष्ठ, राधेश्याम श्रेष्ठ र मनिष गौतम चुनिनु भएको छ।