कृषि सामग्री कम्पनीको अनुगमनमा मन्त्री गीता चौधरी

काठमाडौँ, १४ चैत २०८२ः

कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री गीता चौधरीले कृषि सामग्री कम्पनीको अनुगमन गर्नुभएको छ।

शनिबार कुलेश्वरस्थित कृषि सामग्री कम्पनी पुगेर मन्त्री चौधरीले रासायनिक मल आपूर्तिको अवस्थाबारे जानकारी लिनुका साथै सम्बन्धित अधिकारीहरूसँग छलफल गर्नुभएको हो।

अनुगमनका क्रममा उहाँले कम्पनीमा मौज्दात रहेको मलको अवस्था, आगामी कार्यदिशा तथा खेती गर्ने समयमा हुने मल अभावको समस्या न्यूनिकरणका उपायबारे छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले किसानलाई समयमै मल उपलब्ध गराउन प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै आपूर्ति प्रणाली सुधारमा जोड दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!