पूर्व सीडीओ छवि रिजाल जिम्मा जमानीमा रिहा

काठमाडौँ।

काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल जिम्मा जमानीमा रिहा भएका छन्।

जिल्ला सरकारी वकिलको परामर्शमा पछि खोजेको बखत उपस्थित हुने सर्तमा उनलाई छाडिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’मा दमन गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। प्रहरीका अनुसार गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिसका आधारमा रिजाललाई पक्राउ गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!