सिन्धुपाल्चोककाे चौतारामा माेबाइल पत्रकारिता तालिम शुरु

सात जिल्लाका २६ पत्रकार सहभागि

चौतारा, सिन्धुपाल्चोक, बैशाख २८, २०८०ः

बागमती प्रदेश सञ्चार रजिष्ट्रारकाे कार्यालयकाे आयाेजनामा चौतारामा माेबाइल पत्रकारिता तालिम शुरु भएकाे छ ।

कार्यालयले बागमती प्रदेशमा क्रियाशिल पत्रकारहरूकाे लागि चार दिने माेबाइल पत्रकारिता तालिम सञ्चालन गरेकाे हाे । तालिममा काभ्रेपलान्चोक, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, दाेलखा र काठमाडौंबाट गरि करिब २६ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

कार्यक्रमको शुरुवात गर्दै संचार रजिष्ट्रार रेवति सापकोटाले बागमति प्रदेशमा कार्यरत पत्रकारहरुको गुणस्तरमा अभिबृद्दि गर्दै पत्रकारहरुलाई प्रबिधिमैत्री बनाउनु कार्यक्रमको उद्देश्य रहेको बताउनु भयो।

उक्त तालिमलाई बिकास कार्कीले सहजिकरण गरिरहनु भएको छ।

बिहीबारबाट सुरू भएकाे दोश्रो चरणकाे मोबाइल पत्रकारिता तालिम बैशाख ३१ गतेसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!