कबिता ः हिम्मत नहारौ ः बि आर किसी

मागेर त केही पाइदैन यहाँ
भागेर के पाइएला र खै?
जागेर त केही पाउन गाह्रो यहाँ
त्यागेर देह के पाइएला र खै?

जीवन यात्रा यहाँ
त्यति सजिलो कहाँ छ र?
संघर्ष र चुनौतीले भरिएको छ
लक्ष्यको मार्ग यहाँ
त्यति सिधा कहाँ छ र?
डेमोकल्स तरवारले घेरिएको छ ।

चित्तामा त एकदिन
सबै जल्नु नै छ
तर चित्तको दियो बाली
अगाडि बद्नु छ यहाँ
चकमन्न रातपछिको सुर्योदय जस्तै
हिम्मत र साहसको
किरण छर्नु छ यहाँ
निरन्तर पाईला चाल्नु छ यहाँ ।
मागेर…..

बि. आर. किसी
२०८०/१/२७

( सन्दर्भ : ब्याबसायिक मित्र स्व. श्री शंकर कंडेलको असामयिक देह त्याग )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!