प्रचण्डले पुस १० गतेको सम्झौता तोड्नु हुन्न : अध्यक्ष ओली

काठमाडौँ, ११ फागुन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतोड्नेमा आफू पूर्ण विश्वस्त रहेको बताएका छन् ।

आज आफ्नै निवास बालकोटमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन पनि नटुट्ने बताए । उनले भने, ‘राष्ट्रपति चुनावमा प्रचण्डजीले एमालेलाई धोका दिनुहुन्छ भन्ने हामीलाई विश्वास छैन, माओवादीसँग पुस १० गते नै राष्ट्रपति एमालेलाई दिने सम्झौता भइसकेको छ, प्रचण्डजीले सम्झौताअनुसार एमालेलाई साथ दिनुहुन्छ ।’

अध्यक्ष ओलीले एमालेसँग भएको सम्झौता तोडेर माओवादी केन्द्रले अरूसँग सम्झौता गर्न नमिल्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!