काठमाडौँ, ११ फागुन ।
विभागीय टाेली नेपाल पुलिस क्लबलाई हराउँदै सातदोबाटो युथ क्लब ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अज सातदोबाटोमा रहेकाे अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा भएकाे उद्घाटन खेलमा सातदोबाटोले पुलिसलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । सातदोबाटोलाई जितउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे भने पुलिसका प्रवीण थापाले एक गोल फर्काए ।
शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारीको रूपमा हेरिएको प्रतियोगिताको पहिलो खेलमा सातदोबाटोले सुखद सुरुवात गरेको हो । प्रतियोगितामा शहीद स्मारक ‘ए’ डिभिजनको विजेता मच्छिन्द्र, त्रिभुवन आर्मी, नेपाल पुलिस, न्युरोड टिम (एनआरटी), चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ र जावलाखेल युथ क्लब र आयोजक टोली केपी ओली एफसीले प्रतिस्पर्धा गर्दैछन् ।