काठमाडौं, फागुन १२, २०७९ः
राष्ट्रपतिको उम्मेदवार तय गर्न तत्कालीन पाँचदलीय गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बैठक सुरु भएको हो । त्यसअघि प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग साढे दुईघण्टा छलफल गरेका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, घनश्याम भुसाललगायतका नेता सहभागी छन् ।