सांस्कृतिक पक्षको सम्बर्धनको लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण ः मुख्यमन्त्री जमरकट्टेल
काठमाडौं, फागुन १२, २०७९ः
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं केन्द्रीय महाधिवेशन धादिङको धादिङबेसीमा शुक्रबारबाट शुरु भएको छ । आठौं केन्द्रीय महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको धारणा समेत राखेका थिए ।
आगामी तीन वर्षका लागि कार्यसमितिको नेतृत्व चयनको मुख्य उद्देश्य सहित सुरु भएको महाधिवेशनमा लोक तथा दोहोरी गीतसंगीत क्षेत्रको विभिन्न समस्याको विषयमा छलफल पनि हुनेछ ।
महाधिवेशनमा संस्थाको आगामी कार्यकालका लागि गायिका रिता थापा मगर र गायक पशुपति शर्मा अध्यक्षका आकांक्षी देखिएका छन् । ३० हजारबढी सदस्य भएपनि हजार बढी प्रतिनिधि सहभागी महाधिवेशन फागुन १४ गते समापन चल्नेछ ।