भक्तपुर जिल्लालाई क्षयरोग मुक्त बनाउने अभियान चाँगुनारायणबाट शुरु

क्षयरोगीलाई हेर्ने नजर सकारात्मक हुनु पर्नेः सासद श्रेष्ठ

भक्तपुर, फागुन १३,२०७९ः
बाबु काजि श्रेष्ठ

भक्तपुर जिल्लालाई क्षयरोग मुक्त बनाउने अभियान चाँगुनारायण नगरपालिकाबाट शुरु गरिएको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको शनिवार आयोजित ४३ औं जिल्ला सभाको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्णबहादुर मिजारले सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त बनाउने उद्देश्य अनुरुप भक्तपुरमा चाँगुनारायणबाट सो अभियान शुरु गरिएको बताउनुभएको हो । उहाँले जिल्लाका अन्य तीन नगरपालिकामा पनि क्षयरोग मुक्त अभियान सञ्चालन गर्ने जानकारी दिँदैं क्षयरोग नियन्त्रणमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ठूलो योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ ‘ख’ का बागमती प्रदेश सभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले समाजमा अझै क्षयरोगीलाई हेर्ने नजर सकारात्मक हुन नसकेको बताउँदैं क्षयरोग मुक्त नगर, जिल्ला हुँदैं नेपाल बनाउन क्षयरोग पनि अन्य रोग जस्तै सामान्य रोग भएको र उपचार गरे निको हुने चेतना सबैमा जगाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका योजना प्रमुख दिपक दाहालले संस्थाले क्षयरोग नियन्त्रणमा खेलेको भूमिकाकै कारण केन्द्रले संस्थासँग सहकार्य गर्दै आएको र यसलाई निरन्तरता दिँदैं जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सांसद डा. श्रेष्ठलाई संस्थाको तर्फबाट सम्मान गरिएको थियो भने क्षयरोग निवारणमा निरन्तर क्रियाशिल रहनुभएका ल्याव टेक्निसियन योगिता खनाललाई संस्थाले सम्मान गरेको थियो ।

कार्यक्रममा संस्थाका सचिव सुमन श्रेष्ठ र कोषाध्यक्ष कोषाध्यक्ष रत्नलाल सांदले प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन माथि छलफल गरी सर्वसम्मत पारित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!