रवि लामिछाने सहित १५ जना विरुद्ध चितवनमा मुद्दा दर्ता

चितवन, २२ माघ २०८१ः

साहारा चितवन बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आज सहकारी ठगी र सङ्गठित अपराधमा १५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको हो ।

१५ जनामध्ये गितेन्द्रबाबु (जीबी) राईसहित १२ जनालाई सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा लगाइएको छ भने रविसहित तीन जनालाई ठगीको मात्रै मुद्दा लगाइएको जिल्ला अदालत चितवनका सूचना अधिकृत अमृत विश्वकर्माले जानकारी दिनुभयो ।

यससँगै साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा ३२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । यसअघि असोज ८ गते सहकारीका अध्यक्ष जिबी राई सहित १७ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।

३२ जनामध्ये रवि लामिछानेसहित १० जनाविरुद्ध सहकारी ठगी र जिबि राईसहित २० जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा दर्ता भएको विश्वकर्माले जानकारी बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञान कुमार महतले आज अदालतमा रवी लामिछाने सहित १५ जनाको मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!