चार वटा गैँडा स्थानान्तरण

पूर्वी नवलपरासी, २२ माघ २०८१ः

पूर्वी नवलपरासी जिल्लाबाट चार वटा गैँडा स्थानान्तरण गरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले आफ्नो वार्षिक कार्य योजना अनुसार निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत पूर्वी नवलपरासीबाट चार वटा गैँडालाई पूर्वी सेक्टरमा सारेको हो ।

निकुञ्जको पश्चिम सेक्टर अन्तर्गत गुन्द्रही ढकाहा बनबाट १५ र १६ वर्षको पोथी गैँडा, नमूना मध्यवर्ती सामुदायिक बनबाट १८ वर्षको भाले र १४ वर्षको पोथी गैँडालाई स्थानान्तरण गरिएको हो। स्थानान्तरण गरिएको गैँडालाई निकुञ्जको पूर्वी सेक्टरमा खगेन्द्रमल्ली र प्यारी ढाप क्षेत्रमा छाडिएको छ ।

निकुञ्जका अनुसार नस्ल सुधार गर्ने उदेश्यले यस वर्ष ४ गैँडालाई लगिएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!