काठमाडौं, २६ माघ २०८१ः
नेपाल पशुपंक्षी औषधी बजार प्रतिनिधि संघ, काठमाडौं शाखाको अध्यक्षमा गणेश कार्की सर्बसम्मत चयन भएका छन। काठमाडौंमा आज सम्पन्न संघको छैठौं साधारण सभा तथा चौथो अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा सविन भट्ट, सचिवमा कृष्ण पण्डित, सह-सचिवमा रमेश सापकोटा तथा कोषाध्यक्षमा दिपेन्द्र बुढाथोकी सर्बसम्मत चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सरोज खड्का, नवीन चौलागाईं, कृष्णसिंह चौसिर, सविन खड्का, अनिल के.सी. र सुदीप घिमिरे चयन भएका छन्।
यस अघि संघका अध्यक्ष सन्तोष बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष तुलसी भण्डारी तथा बिशेष अतिथि संघका काठमाडौ शाखाका संस्थापक अध्यक्ष अमित कुमार झाले संघका बिबिध गतिबिधि तथा यस्का आयामहरु बारे प्रकाश पार्नु भएको थियो।
उक्त कार्यक्रममा संघका अध्यक्ष बस्नेत, प्रमुख अतिथि भण्डरी तथा बिशेष अतिथि झाले संयुक्त रुपमा बिगत १५ बर्ष भन्दा लामो समयदेखि पशुपंक्षी औषधीको मार्केटिङ्ग पेशामा निरन्तर रुपमा कार्यरत रहनु भएका करिब १ दर्जन अग्रज ब्यक्तित्वहरुलाई दिर्घ सेवा सम्मान पत्र प्रदान गर्नु भएको थियो।
कार्यक्रममा संघका अध्यक्ष सन्तोष बस्नेतले आफ्नो प्रतिबेदन पेश गर्नु भएको थियो भने कार्यक्रमको संचालन संघका सचिब अमोज दाहालले गर्नु भएको थियो।
