केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल भोलि

काठमाडौँ, १८ फागुन २०८१ः

केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल भोलि हुँदैछ। खेल बेलुका ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ।

फाईनलमा त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्दै छन्। फाइनल खेलअघि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।

त्रिभुवन आर्मी क्लबका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए। आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले आफ्नो टोली सन्तुलित भएकै कारण फाइनल पुगेको बताए।

मच्छिन्द्र क्लबका कप्तान विशाल श्रेष्ठ तेस्रो पटक केपी ओली कपको फाइनल खेल्न पाउँदा निकै खुसी रहेको बताउँछन्। मच्छिन्द्रका प्रशिक्षक र कप्तान दुवै जनाले उपाधि जित्ने दाबी गरेका छन्।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!