अबैध पोल्ट्रीजन्य बस्तुहरु भित्रिन नदिन लेयर्स कुखुरापालक संघद्वारा मुख्य मन्त्रीको ध्यानाकर्षण

जनकपुरघाम, १८ फागुन २०८१ः

नेपाल लेयर्स कुखुरापालक सघले भारतीय खुल्ला सीमा नाकाबाट अबैध रूपमा भित्रिने पोल्ट्रीजन्य बस्तुहरुको नियन्त्रण गर्नको लागि मधेस प्रदेशका मुख्य मन्त्री सतिसकुमार सिहको ध्यानाकर्षण गरेको छ।

संघका अध्यक्ष बिनोद पोखरेलको नेतृत्वमा गएको ब्यबसायीहरुको टोलीले सीमा नाकाबाट अबैध रूपमा भित्रिने पोल्ट्रीजन्य बस्तु अण्डा, चल्ला, कुखुरा, तयारी मासुको नियन्त्रण गर्नको लागि मुख्य मन्त्री सिहको ध्यानाकर्षण गरेको हो।

मुख्य मन्त्रीको सचिवालय जनकपुरधाम धनुषामा भएको उक्त भेटघाटमा अध्यक्ष पोखरेल सहित नेपाल भेटेरिनरी एशोसियशनका निवर्तमान अध्यक्ष डा सितल काजी श्रेष्ठ, सघका महासचिव भेषराज अर्याल, सदस्य अमोद खनालको सहभागिता रहेकोे थियोे ।

मुख्यमन्त्री सिंहले केही दिन भित्रै मधेश प्रदेश भित्रका सरोकारवाला निकायहरुको बैठक राखी अनुगमन कार्यलाई तिब्रता दिने आश्वासन दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!