प्रतिजैविक औषधिको लेवलमा रातो धर्का अनिबार्यः चिकित्सकको सिफारिसको आधारमा मात्र विक्रिवितरण गर्नु पर्ने

काठमाडौ, २० फागुन २०८१;

औषधि व्यवस्था विभागले प्रतिजैविक औषधिको लेवलमा रातो धर्का अनिबार्य गरेको छ।

बिभागले एक सुचना जारी गर्दै प्रतिजैविक औषधिहरुको अधिक प्रयोग, न्यून प्रयोग तथा अनावश्यक प्रयोगले गर्दा उत्पन्न हुने प्रतिजैविक प्रतिरोध (Antimicrobial Resistance) लाई न्यूनीकरण गर्न सो ब्यबस्था गरेको जनाएको छ। “अन्तराष्ट्रिय प्रचलन अनुसार प्रतिजैविक औषधिहरु (Antimicrobials) को Primary र Secondary प्याकिङ्गको लेबलमा रातो धर्का लगाउने अभ्यास रहेको विदितै छ ।” सुचनामा उल्लेख गरिएको छ।

यस्ता प्रतिजैविक (Antimicrobials) औषधिहरु चिकित्सकको सिफारिसको आधारमा मात्र विक्रिवितरण गर्नुहुन तथा बिरामीले समेत चिकित्सकको पूर्जीको आधारमा यस्ता औषधि प्रयोग गर्नुहुन बिभागले अनुरोध गरेको छ । यदि कसैले कानून बर्खिलाप गरी चिकित्सकको सिफारिस बिना उक्त औषधिहरु विक्रिवितरण गरेको पाईएमा कानून बमोजिम कारवाही गरिने बिभागले जनाएको छ।

सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!