भक्तपुर, २१ फागुन २०८१:
नेपाली कांग्रेस भक्तपुर जिल्ला क्षेत्र न २ का क्षेत्रिय प्रतिनिधि गणेश हरि कुटु नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गरेका छन ।
कुटुलाई माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टीका बरिष्ठ उपाध्यक्ष नारायण काजि श्रेष्ठले स्वागत गरेका गरेका थिए।

नेपाल लोकतान्त्रिक खेलकूद संघ बागमति प्रदेश सदस्य तथा केक्युसिङ करातेका २ डन एब रास्ट्रिय खेलाडी समेत रहेका गणेश हरि कुटुले आफ्नो ३६ बर्ष लामो कांग्रेसको राजनितिक यात्रालाई बिसर्जन गर्दै माओबादीमा प्रबेश गरेको बताए।
कुटुको पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य रामप्रसाद सापकोटा (दिपशिखा), वाईसियल नेपालका केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला ईन्चाज नरेश रंजित, वाईसियल नेपालका केन्द्रीय सदस्य राजु कुटु, विकास लाखे लगायतको उपस्थिति रहेको थियो।