पोल्ट्रीजन्य बस्तुहरुको अबैध आयात रोक्न सीमानाकाहरुको अनुगमन कार्यलाई तिब्रता दिने

जनकपुर, २१ फागुन २०८१: रत्न काजि प्रजापति

भारतीय सीमा नाकाहरुवाट व्यापक रूपमा भैरहेको पोल्ट्रीजन्य बस्तुहरुको अबैध ओसारपसारलाई नियन्त्रण गर्न मधेस सरकारले सीमानाकाहरुको अनुगमन कार्यलाई तिब्रता दिने भएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिहले आज अयोजना गर्नु भएको सुरक्षा निकाय तथा पोल्ट्री ब्यबसायीहरु सहितको बैठकमा सो कुरा बताउनु भएको हो।

मुख्यमन्त्री सिहले पोल्ट्रीजन्य बस्तुहरुको अबैध ओसारपसार नियन्त्रण गर्न दुई दिने अवैध नियन्त्रण सम्बन्धि चेतनामूलक कार्यक्रम सन्चालन गर्ने, संचार माध्यमहरुबाट सुचना प्रबाह गर्ने र फागुन २५ गते देखि मधेस प्रदेशका सम्पुर्ण जिल्लाहरुका सीमा नाकाहरुको अनुगमन कार्यलाई तिब्रता दिने बताए।

बैठकमा नायव प्रहरी महानिरीक्षक लालमणी आचार्य, सशस्त्र प्रहरीका नायव महानिरीक्षक कालिदास धौवो ,धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालकृष्ण प्रधान, तथा व्यवसायीहरुको तर्फबाट नेपाल लेयर्स कुखुरापालक सघका अध्यक्ष बिनोद पोखरेल,  नेपाल भेटेरिनरी एशोसियशन केन्द्रिय समितिका निवर्तमान अध्यक्ष डा सितलकाजी श्रेष्ठ, सघका महासचिव भेषराज अर्याल, सचिब मदन चिरञ्जीवी पोखरेल, कोषाध्यक्ष  प्रकाश चापागाईं, सल्लाहकार शिवाजीप्रसाद कलवार, सदस्यहरु अमोद खनाल,  गङ्गाराम भट्टराई,  गोकुलनाथ पौडेल, राजु अधिकारी, व्यवसायीहरु बिजय चौलागाईं, बिस्वास लम्साल र ज्ञानेन्द्र मरासिनी लगायतको सहभागिता रहेको थियो ।

स्मरण रहोस, मधेस प्रदेशका मुख्य मन्त्री माननीय  सतिसकुमार सिहलाई २०८१ फागुन १८ गते मुख्य मन्त्रीको सचिवालय जनकपुरधाम धनुषामा भेटघाट गरि संघले अबैध पोल्ट्रीजन्य बस्तुहरुको ओसारपसार रोक्न ध्यानाकर्षण  गरेको थियोे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!