ए बी पेलेट फिडको पशुपालन, व्यवस्थापन तथा आहारा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्नः करिब ८० कृषकहरु सहभागी

गोदावरी, २४ फागुन २०८१ः

ए बी पेलेट फिड प्रा लि ले किसान लक्षित पशुपालन, व्यवस्थापन तथा आहारा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

ए बी पेलेट फिड प्रा लि र जिरे खोर्सानी कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा गोदावरी नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन ललितपुरमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा ८० जना पशुपालक कृषकहरूको सहभागी रहेको थियो।

गोदावरी नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गजेन्द्र महर्जनले ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा ए बी पेलेटका प्रबन्ध निर्देशक बलराम सन्जेल, पिताम्बर सन्जेल, जिरे खोर्सानी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सरस्वती बन्जारा, गोदावरी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष सानु भाइ नगरकोटी, प्रशिक्षक डा. गणेश बन्जारा, डा. उमेश मन्डल र कार्यक्रम संयोजक दिपेश लामिछानेको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु हुदै प्रबन्ध निर्देशक सन्जेलले ए बी पेलेट फिड प्रा लि गुणस्तरमा सदैव चनाखो र प्रतिबद्ध रहिरहेको बताउनु भयो। प्रशिक्षक डा. गणेश बन्जाराले गाईभैंसीलाई आहारा आवश्यकता र आहारा व्यवस्थापनको बारेमा चर्चा गर्नुभएको थियो भने अर्का प्रशिक्षक डा उमेश मण्डलले पोषणको कमीले गाईवस्तुमा देखिने रोग, प्रजननका समस्या र तिनका हलका बारेमा चर्चा गर्नुभएको थियो।

कार्यक्रममा सहकारीका कोषाध्यक्ष राजकुमार परियारले सहकारीले हाल संचालन गर्दै आइरहेका कृषिका बिबिध गतिविधिका बारेमा चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!