मध्यपुर थिमि, २८ फागुन २०८१:
भक्तपुरको मध्यपुर थिमि गठ्ठाघर चोकमा आज भएको दुर्घटनामा एक युबकको मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १८८४ नं.को ट्रकले सोही दिशातर्फ जाँदै गरेको बा ३१ प ४४४ नं.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका वडा नं ६ बस्ने बर्ष ३६ को श्यामकृष्ण कायस्थको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट घाइते भई उपचारको लागि भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उपचारको क्रममा डाक्टरद्धारा मृत्त घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं.६ घर भई हाल भक्तपुरकै मध्यपुर थिमि नगरपालिका वडा नं ३ साँगबारी बस्ने बर्ष ४७ को चन्द्रलाल शाक्य प्रहरी वृत्त थिमिको नियन्त्रणमा रहेका परिसरले जनाएको छ ।