नोभा जेनेटिकाको पानजेन ट्याब्लेट गुणस्तरहिनः फिर्ता गर्न बिभागको निर्देशन

काठमाडौं, २८ फागुन २०८१ः

धादिङ्ग जिल्लाको नोभा जेनेटिका प्रा. लि. ले उत्पादन गरेको पानजेन ट्याब्लेट औषधी गुणस्तरहिन पाईएको छ।

औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परिक्षण गर्दा नोभा जेनेटिकाले उत्पादन गरेको पानजेन ( Pantoprazole 40 mg) नामक औषधी न्यून गुणस्तर भएको पाइएको हो।

ब्याच न.पि ए एन १२० रहेको २०२३ सेप्टेम्बरमा उत्पादन भएको सो औषधी, औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न र सोको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई बिभागले निर्देशन दिएको छ।

साथै उक्त व्याच नं. उल्लेख भएका औषधिहरुको सिफारिस, बिक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन समेत बिभागद्वारा जारी सुचनामा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!