भरतपुर, २ चैत्र २०८१ः
शिब प्रसाद बराल
नेकपा (माओवादी केन्द्र) भरतपुर वडा न. ४ चितवनको आयोजनामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । वडा कमिटीका अध्यक्ष कमरेड नरिनारायण कडेलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य एव भरतपुर महानगर इन्चार्ज कमरेड निशा न्यौपाने , बिशिष्ठ अतिथिहरु बाग्मती प्रदेशका माननीय सासद एव भरतपुर महानगर कमिटीका अध्यक्ष ईश्वर सापकोटा सुमन, उपाध्यक्ष पवित्रा रिजाल स्मृति , प्रदेश कमिटी सदस्यहरु, वडा इन्चार्ज , सह इन्चार्जहरु, पार्टीका भातृ सस्थाका प्रतिनिधिहरु, पार्टी सदस्यहरुको सहभागिता रहेकोे थियोे ।

कार्यक्रममा प्रमुख अतिथि एव बिशिस्ट अतिथिहरुले प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको थियोे। कार्यक्रममा नेकपा समाजवादी, नेपाली काग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि पार्टी प्रवेश गर्नेहरुलाइ प्रमुख अतिथि बिशिस्ट अतिथि हरुले टीका, फुल र खादाले स्वागत गर्नु भएको थियोे । कार्यक्रमको सन्चालन वडा उपाध्यक्ष कमरेड टिकाराम सापकोटा प्रकाश ले गर्नु भएको थियोे भने धन्यवाद तथा सभा बिसर्जन मन्तव्य अध्यक्ष कमरेड नरिनारायण कडेलले गर्नु भएको थियोे ।
उक्त कार्यक्रममा वडा कमिटी सदस्य कमरेड वसन्त घिमिरेले स्वागत तथा कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियोे ।