ललितपुर, ५ चैत्र २०८१ः
पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियुमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले अखिल क्रान्तिकारीका उम्मेदबार रसिक लम्साललाई पछि पार्दै बाजी मारेका हुन।
कुल ३ हजार मतदातामध्ये १ हजार १ सय २ मत सहित श्रेष्ठ बिजयी भएका हुन् भने लम्सालले ७१० मत ल्याएका थिए ।
विद्यार्थीको प्रतिनिधि विद्यार्थी हुनुपर्ने, दलबाट हुन नहुने भन्दै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएको थिए । स्वयमले २०७९ सालमा स्वतन्त्र बाटै सदस्य जितेका थिए ।
तर सचिवमा भने अखिल क्रान्तिकारीका दिवस सापकोटा १ हजार ६४ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन् ।