काठमाडौं, १२ चैत्र २०८१ः
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्। मंगलबार मन्त्रिस्तरीय निर्णयबाट उनलाई बोर्डको अध्यक्ष नियुक्त गरिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराए। उनी यसअघि बोर्डको सदस्य थिए।