इन्टर कलेज फुड कम्पिटिसन २०२५ हुनेः जित्नेले १ लाख नगद पाउने

ललितपुर, १९ चैत्र २०८१ः
शकुन्तला राना

स्थापनाको छोटो समय देखी नै नेपाल, नेपाली र नेपाली खानाहरुलाई विश्वमा चिनाउन अहोरात्र खटिरहेको नेपाली सेफ सोसाइटीले २०८२ साल वैसाख ४ गते ईन्टर कलेज फुड कम्पिटिशन २०२५ गर्ने भएको छ ।

नेपाली खानाको मौलिकता जोगाउँदै अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवर्द्धन गर्नु नै मुख्य यस संस्थाको मुख्य उद्देश्य रहेको छ। आज ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरेर सो बारे जानकारी दिएको हो । यस संस्थाले इन्टर कलेज फुड कम्पिटिसन २०२५ र फेस्टिभलमार्फत नेपाली सेफहरूलाई एकजुट गराउँदै नेपालको पाककला, पर्यटन र नेपाली खानाहरुलाई विश्वसामु चिनाउन प्रयासरत रहने छ ।

काठमाण्डौको भृकुटिमण्डपमा नेपाली सेफ सोसाइटी र इन्टरनेशनल नेपाली सेफ सोसाइटीको प्रथम केन्द्रीय अधिबेशन तथा इन्टरनेशनल नेपाली सेफ फुड अवार्ड र सोसिएल अवार्ड साथै नेपाली खानाको प्रर्दशन तथा फुड फेस्टिबल र सास्कृँति कार्यक्रम, नेपाली सेफहरूको ब्यक्तित्व बिकास तथा नेपाली खानाको स्थर उन्नतीको लागी हाम्रो अभियान भन्ने उदेश्यको साथ यस ऐतिहासिक कार्यक्रममा ३६ देशमा कार्यरत नेपाली सेफहरूको सहभागीता रहने कुरा उक्त पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष एल. वी. कौशलले स्पष्ट पार्नु भएको थियो ।

वैशाख ६ गते भृकुटीमण्डपमा हुने कार्यक्रममा ४० वटा जती स्टलहरू रहनेछन्, जसमा परम्परागत नेपाली रैथाने खानाका परिकारदेखि आधुनिक परिकारसम्मको प्रदर्शन हुनेछ। उक्त कार्यक्रममा झाँकी, मनोरञ्जन आदि पनि रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!