शिक्षकहरुको आन्दोलन जारी

काठमाडौँ, २४ चैत्र २०८१ः

नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी रह्यो ।

आज शिक्षकहरूले बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराए । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू यही चैत २० गतेदेखि आन्दोलित छन् । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नेपालमा गुणस्तरीय विद्यालय शिक्षाका लागि विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा सरकारमाथि विश्वास गरेर शिक्षकहरू शान्तिपूर्ण प्रदर्शनमा आएको बताउनुभएको थियो ।

त्यसो त शिक्षकहरुको मागप्रति विभिन्न राजनीतिक दलका नेतहरुले पनि चासो व्यक्त गरेका छन । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा लगायत नेपाली काँग्रेसका शीर्ष नेताहरुले शिक्षकको माग चाँडो भन्दा चाँडो सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि शिक्षकको मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्नु भएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!