सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु

काठमाडौं, २३ चैत्र २०८१ः

सेतो मछिन्द्रनाथको रथ जात्रा सुरु भएको छ। काठमाडौँ उपत्यकामा मात्र मनाईने सेतो मछिन्द्रनाथको रथ जात्रा अनुसार मछिन्द्रनाथको रथ साँझ जमलको तीन धाराबाट तानेर असनसम्म लगियो । उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउँन रथलाई नगर परिक्रमा गराउँने चलन अनुसार रथलाई नगर घुमाएर असन लगिएको हो।

वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ।

रथ यात्राको दोस्रो दिन भोलि असनबाट हनुमानढोकास्थित कालभैरवसम्म, तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म पुर्‍याइन्छ। चौथो दिन लगनमा रथ घुमाइन्छ ।पाँचौँ दिन मूर्तिलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइ जात्रा सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!