वार्तामा आउन आन्दोलनरत शिक्षकहरुलाई सरकारको पुन: आग्रह

काठमाडौँ, २६ चैत्र २०८१ः

सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन पुन: आग्रह गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै शिक्षकहरुको मागका सम्बन्धमा वार्ता र संवादबाट समस्याको समाधान गर्न आमन्त्रण गरिएको उल्लेख छ । मन्त्रालयक प्रवक्ता शिवकुमार सापकोटाले हस्ताक्षर गर्नुभएको सो प्रेस विज्ञप्तीमा वार्ताका लागि राहत तथा अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुनेगरी भोलि चैत्र २७ गते उपस्थित हुन पुन: आग्रह गरिएको छ ।

सरकारले यसअघि पनि चैत्र २१ र २२ गते वार्ताका लागि आन्दोलनरत शिक्षकहरुलाई आव्हान गरेको थियो । तर सरकारको सो आग्रहलाई शिक्षकहरुले इन्कार गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!