जनप्रतिनिघिलाई हातपात गर्ने सम्मको हर्कत खेदजनक ः नेपाली कांग्रेस मध्यपुर थिमि नगर समिति ( प्रेस विज्ञप्ती सहित )

घटनाको छानबिन गरि दोषिमाथि कारबाहि गर्न कांग्रेसको माग

भक्तपुर, फागुन १५, २०७९ः

नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै बालकुमारी हात्तिमहांकाल सडक आयोजना अन्तर्गत फागुन १४ गते बिहान नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठको उपस्थितीमा दुईपोखरी क्षेत्रमा ढुंगा छाप्ने कार्यको शुभारम्भ गर्ने क्रममा केही अराजक समूहले हुलहुज्जत गरी जनप्रतिनिधिहरु उपर नै हातपात गर्ने प्रवृत्तिको कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले उक्त घटनाको गम्भिर तरिकाले सत्य तथ्य छानविन गरी दोषी उपर कानुन बमोजिम कारवाही गर्न सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण समेत गरेको छ ।

नगरको विकास निर्माणमा हातेमालो गरी अघि बढ्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपिल गर्दै कांग्रेसले नगरको विकास निर्माण कार्यलाई समयमा सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, नागरिक अगुवाहरुलाई आव्हान गर्दै विकास निर्माणका कार्य सबै राजनीतिक दल, संघ संस्था र आम जनताको चाहना भएकोले कुनैपनि किसिमको पूर्वाग्रही सोचबाट निर्देशित भई अवरोध गर्नु गराउनु शोभनिय विषय नभएको जनाएको छ ।

पार्टी सचिव राम थापामगर र रवि घजुले जारी विज्ञप्तीमा विकास निर्माण कार्यमा कांग्रेसले हरेक पार्टीसँग सहमति र सहकार्य गर्दै आइरहेको अवगत गराउँदैं विकास निर्माण जस्तो जनताको प्रत्यक्ष सरोकार रहेको विषयमा विना रोकतोक कार्यान्वयन गराई मध्यपुर थिमिको ऐतिहासिक महत्वको प्रख्यात बिस्का जात्रा सम्ममा उक्त बाटोमा ढुंगा विच्छ्याउने कार्य सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल, स्थानीय संघ संस्था, नगरवासी, नागरिक अगुवा र बुद्धिजिवी वर्गको सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।

प्रेस विज्ञप्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!