मध्यपुर थिमि, २९ चैत्र २०८१ः
जनचेतना र विकासका लागि स्वतन्त्र र निष्पक्ष सूचना प्रवाह गर्ने उद्देश्य सहित स्थापना गरिएको मध्यपुर सञ्चार समाजले आफ्नो १३औं स्थापना दिवस विशेष समारोहका साथ मनाएको छ।
नव वर्ष २०८२ तथा बिस्का जात्राको उपलक्ष्यमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रम चैत्र २९ गते चाणक्य कलेज, मध्यपुर थिमिमा सम्पन्न भएको हो।
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाका अध्यक्ष सुन्दर सिल्पकारको प्रमुख आतिथ्यतामा समाजका अध्यक्ष चन्द्र कृष्ण श्रेष्ठ्को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। सञ्चार क्षेत्रका प्रतिनिधि, समाजसेवी, विद्यार्थी तथा विभिन्न समुदायका व्यक्तिहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
संस्थाले विगत १३ वर्षदेखि स्थानीयस्तरमा सूचना प्रवाह, सामाजिक जागरुकता र सकारात्मक परिवर्तनका लागि उल्लेखनीय योगदान गर्दै आएको छ। संस्थाका अध्यक्षले आगामी दिनहरूमा अझ सशक्त रुपमा सूचना प्रवाह र सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।