काठमाडौं, २९ चैत्र २०८१:
जिउँदो ब्रोईलर कुखुराको मूल्यमा वृद्धि गरिएको छ। भोलिशनिबार (२०८१ चैत्र ३० गते) देखि लागू हुने गरी कोल्ड स्टोर खरिद मूल्य प्रतिकिलो १० रुपैयाँले बढाइएको हो। नयाँ मूल्य अनुसार अब जिउँदो ब्रोईलर कुखुराको खरिद मूल्य रू. २८० प्रति किलो तोकिएको छ।
व्यावसायिक स्रोतका अनुसार उत्पादन लागतमा वृद्धि, बढ्दो माग र आपूर्ति सन्तुलनका कारण मूल्य समायोजन गरिएको हो। यसअघि कुखुराको मुल्य प्रतिकिलो मूल्य रू. २७० थियो।