प्रसाइँलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ, २९ चैत्र २०८१ः

काठमाडौँ जिल्ला अदालतले गत चैत्र १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी परिसार काठमाडौँका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी अपीलराज बोहराले प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जानकारी दिनुभयो ।

प्रसाईंसँगै पक्राउ परेका उनका निजी गार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।

प्रहरीले दुवैलाई कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार अलदालतले म्याद थपको अनुमति दिएको हो ।

तीनकुने घटनामा फरार रहेका प्रसाइँ र खड्कालाई आज झापाको भद्रपुरबाट नियन्त्रणमा लिई काठमाडौँ ल्याइएको हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!