अवैध औषधी बिक्रि गर्ने पक्राउ, थप कारवाहीका लागि औषधी ब्यबस्था विभाग पठाईयो।

भक्तपुर, फागुन १६,२०७९ः

लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने औषधी अवैधरुपमा बिक्रि वितरण गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमि–५, निकोशेराबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट देवाही बोनाही नगरपालिका १, घर भई हाल निकोशेरा बस्ने २७ वर्षिय अरुणकुमार शाह हुन ।

शाहले औषधी पसल दर्ता र बिक्रि गर्ने अनुमति नलिई स्पास्पेन लगायत लागु औषध प्रयोगकर्ताले विकल्पको रुपमा प्रयोग गर्ने अन्य विभिन्न औषधी बिक्रि वितरण गरेको पाईएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार प्रसाद मैनालीले बताउनुभयो । शाहले अवैधरुपमा औषधी बिक्रि वितरण गरिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरी उनलाई पक्राउ गरिएको प्रनाउ मैनालीले बताउनुभयो । प्रहरीले उनको पसलबाट विभिन्न प्रिगाब्लिन, टेनाडा, डिभोमिन, अनित्कोफ, भोमिनलगायतका विभिन्न नामका करिव १ हजार ७ सय थान औषधी समेत बरामद गरिएको छ ।

उनलाई औषधीहरु सहित थप कारवाहीका लागि औषधी ब्यबस्था विभाग काठमाण्डौं पठाएको प्रनाउ मैनालीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!