रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

काठमाडौँ , १० बैशाख २०८२ः

राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षामन्त्रीमा रघुजी पन्तलाई नियुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम राष्ट्रपति पौडेलले पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि सो पद खाली रहेको थियो ।

नवनियुक्त शिक्षामन्त्री पन्त नेकपा एमालेका तर्फबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ हाल प्रतिनिधिसभा राज्यव्यवस्था समितिको सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँको पद तथा गोपनीयताको सपथ बिहीबार हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!