भाईरल भिडियोका ट्राफिक प्रहरी कारबाहीमा : चार जनाकै जिम्मेवारी खोसियो

काठमाडौँ, ११ वैशाख २०८२ः

सर्वसाधारणलाई बाटोमा निर्घात कुटपिट गरेको घटना सार्वजनिक भए लगत्तै प्रहरीले चार जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीका अनुसार कुटपिट तथा दुर्व्यवहारमा संलग्न चार जना ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बोलाइएको छ । उनीहरुमाथि आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको प्रवक्ता गिरीको भनाइ छ । प्रवक्ता गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौँको सुन्धारास्थित आकाशे पुलमुनि कुटपिट भएको थियो ।

यो घटना गत मंसिर ११ गतेको भएको प्रवक्ता गिरीले जानकारीदिनुभयो । ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई कुटपिट गरेको भिडियो बिहीबार सामाजिक सञ्जालमा चर्चामा थियो । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि कारबाहीको माग गरेका छन् । भिडियोमा ट्राफिक प्रहरीले बुटले अनुहारमा हान्दै कागजपत्र फालेर दुर्व्यवहार गरेको देखिन्छ ।

हेर्नुहोस भिडियोः

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!