क्यान्सर पीडित धनकली बुढा मगरलाई औद्योगिक शान्ति नेपालबाट एक लाख सहयोग

काठमाडौं, २१ बैशाख २०८२ः

देशका विभिन्न स्थानमा महोत्सव सञ्चालन गर्दै सामाजिक क्षेत्रमा पनि योगदान दिँदै आएको औद्योगिक शान्ति नेपाल संस्थाले क्यान्सर पीडित एक महिलालाई एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सहयोग पाउने रोल्पा जिल्ला, त्रिवेणी गाउँपालिका–३ निवासी ५३ वर्षीया धनकली बुढा मगर हुन्। अध्यक्ष सन्दिप महतका अनुसार, “धनकली बुढा मगरलाई सुरुमा पाठेघरको मुखमा क्यान्सर देखिएको थियो, तर हाल त्यो क्यान्सर शरीरभर फैलिएको छ। उहाँ विगत ३ वर्षदेखि उपचारमा हुनुहुन्छ।”

अध्यक्ष महतका अनुसार, संस्थाले महोत्सव आयोजनाबाट संकलित रकमको केही प्रतिशत सामाजिक कार्यमा खर्च गर्दै आएको छ। “हामी हरेक कार्यक्रममा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आएका छौं,” उहाँले भन्नुभयो।

संस्थाले यसअघि पनि विपद् पीडित, अशक्त तथा विपन्न वर्गलाई विभिन्न किसिमका सहायता गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!