गलत सूचनामा विश्वास नगर्न परीक्षा बोर्डको आग्रह

भक्तपुर, २१ वैशाख २०८२।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र सार्वजनिक भएको भन्ने भ्रामक सूचनामा विश्वास नगर्न विद्यार्थी, अभिभावक र आम सर्वसाधारणमा आग्रह गरेको छ।

बोर्डले आइतबारदेखि सुरु भएको कक्षा १२ को अनिवार्य अङ्ग्रेजी विषयको परीक्षालाई लिएर सामाजिक सञ्जालमा फैलिएको झुटा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बोर्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सामाजिक सञ्जालमा परीक्षा सुरु हुनु अघि नै केही विद्यार्थीले प्रश्नपत्र प्राप्त गरेको भन्ने दाबी गरिएको थियो। तर, जिल्ला परीक्षा समन्वय समिति भक्तपुर, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी, र परीक्षा बोर्डका कर्मचारीको टोलीले छानबिन गर्दा सो सूचना पूर्ण रूपमा गलत र भ्रामक भएको पुष्टि भएको छ।”

परीक्षा नियन्त्रकले जारी गरेको विज्ञप्तिमा यस्ता अप्रमाणित सूचनाले विद्यार्थीको मनोबलमा प्रतिकूल असर पार्ने भएकाले यस किसिमका कार्य नगर्न सबैमा अपील गरिएको छ। साथै, सत्यता पुष्टि नगरी सामाजिक सञ्जालमा कुनै पनि परीक्षा सम्बन्धी सूचना नहाल्न पनि बोर्डले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!