चाँगुनारायणमा खोरेत रोगविरुद्ध निःशुल्क खोप कार्यक्रम संचालन हुने

चाँगुनारायण, भक्तपुर, २३ बैशाख २०८२ः

गाई तथा भैंसीमा लाग्ने खतरनाक खोरेत रोगको नियन्त्रणका लागि चाँगुनारायण नगरपालिकामा निःशुल्क खोप कार्यक्रम संचालन गर्ने भएको छ।

बागमती प्रदेश सरकार अन्तर्गत पशु सेवा कार्यालय, ललितपुर र चाँगुनारायण नगरपालिकाको संयुक्त आयोजनामा यहि २०८२ सालको जेठ १ गतेदेखि १५ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुनेछ।

नगरपालिकाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सम्पूर्ण कृषकहरूलाई आफ्ना गाई तथा भैंसीमा खोप लगाउन आग्रह गरेको छ। कार्यक्रम अन्तर्गत नगरका विभिन्न वडामा कार्यरत तथा सूचीकृत भ्याक्सिनेटर मार्फत खोप लगाइनेछ।

पशुपालनमा निर्भर कृषकहरूलाई लक्षित गरी ल्याइएको यस अभियानले खोरेत रोगबाट जनावरहरूलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। खोरेत रोग हाल नेपालका विभिन्न जिल्लामा देखा परिरहेको र त्यसले गाई-भैंसीको स्वास्थ तथा उत्पादनमा गम्भीर असर पारिरहेको पशु चिकित्सकहरू बताउँछन्।

नगरपालिकाले विभिन्न वडामा कार्यरत भ्याक्सिनेटरहरूको नाम, कार्यक्षेत्र र सम्पर्क नम्बर पनि सार्वजनिक गरेको छ। थप जानकारीका लागि पशु चिकित्सक डा. राजेश कुमार शाह (फोन: ९८६७४१६६६९) सँग सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!