पोल्ट्री डायरी २०८२ को भव्य विमोचन

चितवन, २८ बैशाख  २०८२:
शिव बराल

नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा प्रत्येक बर्ष प्रकाशित हुने गरेको पोल्ट्री डायरी २०८२ को विमोचन कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रम मञ्चका अध्यक्ष  रघुनाथ भट्टको सभापतित्वमा तथा मञ्चका पूर्व अध्यक्ष  ऋषिराम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। स्वागत मन्तव्य दिंदै अध्यक्ष भट्टले पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, संघ–संस्थाहरूको भूमिका, डायरी प्रकाशनमार्फत देशभरका व्यवसायीहरूसँग समन्वय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत सम्बन्ध विस्तार गर्न मद्दत पुगेको धारणा राख्नुभयो।

प्रमुख अतिथि  ऋषिराम पौडेलले डायरीको औपचारिक विमोचन गर्नुहुँदै पोल्ट्री व्यवसायको योगदान, चुनौती र मञ्चको स्थापनाकालदेखि हालसम्मको भूमिकामाथि प्रकाश पार्नुभयो।

उक्त विशेष कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष  विनोद पोखरेल, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष  महेश्वर पोखरेल लगायतका विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा डायरी विमोचनमा सहभागिता जनाएका थिए।

डायरी प्रकाशन समिति संयोजक एवम् मञ्चका महासचिव ज्ञानबहादुर बिसुरालले डायरी प्रकाशनका विविध पक्षहरूबारे जानकारी गराउँदै सहयोग पुर्‍याउने सम्पूर्ण पक्षप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष भट्टले पूर्वअध्यक्षहरू, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, सहयोगी व्यवसायिक प्रतिष्ठानहरू, सचिवालयका कर्मचारीहरूप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन महासचिव  बिसुरालले गर्नुभएको थियो।

विमोचन कार्यक्रममा मञ्चका कार्यसमिति सदस्य, पोल्ट्री क्षेत्रका संघ–संस्थाका पदाधिकारी, सचिवालयका कर्मचारीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!