काठमाडौँ, ३ जेठ २०८२ः
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।
शनिबार दिउँसो बा ६० प १७९५ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भएका ३४ वर्षीय सुरज खड्कालाई बागमती प्रदेश–०३–००१ ख १२४७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल उद्धार गरी बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा उहाँको ज्यान गएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।