अमालकोट कचहरीभित्रै जुवा, संस्कृति महाशाखा प्रमुखसहित सात जना पक्राउ

काठमाडौं, ३ जेठ २०८२ः

पशुपति क्षेत्र विकास कोष अन्तर्गत अमालकोट कचहरीको कार्यालयभित्रै जुवा खेलिरहेको अवस्थामा संस्कृति महाशाखा प्रमुखसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त गौशालाले शनिबार विशेष सूचनाको आधारमा कोषको कार्यालयमा छापा मारेर संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित पक्राउ गरेको हो।

प्रहरी वृत्त गौशालाका प्रमुख, डिएसपी सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। “आज शनिबार भएकोले प्रारम्भिक अनुसन्धानपछि आइतबारदेखि प्रक्रिया अगाडि बढ्छ,” उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!