रक्तदान मार्फत मानव सेवामा YCL नेपालको अग्रसरता

मध्यपुर थिमिमा YCL बागमती प्रदेश समितिको प्रथम सम्मेलनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, ५ जेठ २०८२ः
रत्न काजि प्रजापति

देशभर रगतको चरम अभाव भइरहेको संवेदनशील अवस्थामा, योङ्ग कम्युनिष्ट लिग (YCL) नेपालले सामाजिक उत्तरदायित्व वहन गर्दै खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम YCL नेपाल बागमती प्रदेश समितिको ऐतिहासिक प्रथम सम्मेलनको अवसरमा आयोजना गरिएको हो।

मध्यपुर थिमिमा आयोजित रक्तदान कार्यक्रममा स्थानीय युवाहरु, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको संयोजन YCL नेपाल, मध्यपुर थिमि नगर समितिले गरेको थियो।

YCL नेपाल भक्तपुर जिल्ला ईन्चार्ज नरेश रंजितले देशमा रगतको अभावका कारण दैनिकजसो थुप्रै बिरामीहरू ज्यानको जोखिममा परेको भन्दै यस्ता कार्यक्रमले मानवीय सेवामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

संगठनका अनुसार प्रदेश सम्मेलन केवल संगठनात्मक पुनर्गठन मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि केन्द्रित हुनेछ। यस्ता कार्यक्रममार्फत YCL नेपालले युवालाई समाजसेवामा प्रेरित गर्न चाहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!