भक्तपुर, १० बैशाख २०८२ः
होटल एसाेसिएसन भक्तपुरको छैठौं अधिवेशनबाट कृतन अवाल नयाँ अध्यक्षमा सर्वसम्मत रूपमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
नवगठित कार्यसमितिमा सुजन हाडा प्रथम उपाध्यक्ष र सुमन दथेपथे द्धितीय उपाध्यक्षमा चयन भएका छन्। त्यस्तै, रञ्जित मारिखु सचिव, कैलाश धौबन्जार कोषाध्यक्षमा चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा जीवन गोसाई, रोशन ग्वाछा, स्नेहा मास्के, उर्मिला जधारी, हरिश्याम श्रेष्ठ र मृगेन्द्र श्रेष्ठ रहेका छन्।
नव-निर्वाचित अध्यक्ष अवालले होटल व्यवसायको गुणस्तरीय प्रवर्द्धन, पर्यटकीय सम्भावनाहरूको विकास र व्यवसायीबीच समन्वय विस्तारलाई प्राथमिकता दिने बताएका छन्।
